अखिलका नेता भन्छन्, ‘गगनसँग ६४ लाख असुल्नु छ’

सदनमा होइन, मुठभेड गर्ने चाहना भए त्रिचन्द्र क्याम्पसमा आउन आग्रह
   नयाँ दैनिक comment 0

माघ ११, काठमाडौँ । सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अखिलका महासचिव ऐन महरले नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापासँग ६४ लाख रुपैयाँ असुल्नुपर्ने बताएका छन् । बि.स. १८ वर्ष अगाडि स्ववियु सभापति भएको बेला थापाले बनाएको एक लाख डलरको बगैँचाको हिसाब–किताबमा ६४ लाख असुल्नुपर्ने बताएका हुन् ।

महरले फेसबुकमा लेखेका छन्, ‘त्यो बेलाको तपाईले बनाएको एक लाख डल्लरको बगैंचाको पनि हिसाब किताब गरौंला जबकी आजको १८ वर्ष अगाडि त्यो गार्डेन जम्मा ११ लाखमा सम्पन्न भएको थियो र १ डलरको भाउ ७५ नेपाली थियो । बाँकी ६४ लाख तपाईं संग असुल्नु पर्ने नै छ ।’ उनले नेता थापालाई अहिलेको त्रिचन्द्र क्याम्पसको अवस्था पनि हेर्न आउन समेत निम्ता दिएका छन् ।

सदनमा मुठभेड नगर्न आग्रह गर्दै महरले हिम्मत भए त्रिचन्द्र क्याम्पसमा आउन पनि चुनौती दिएका छन् । ‘आउनुस् त्रिचन्द्र क्याम्पसमै वा रत्नपार्क भन्नुहुन्छ कि खुलामञ्च त्यतै मुठभेडको अभ्यास गरौँ’ उनले लेखेका छन्–

‘तपाईलाई अहिले पनि मुठभेड गर्ने चाहना छ र हिम्मत छ भने त्रिचन्द्र क्याम्पसमा स्वागत छ अनेरास्ववियु का कार्यकर्ता र त्रिचन्द्र क्याम्पसका विद्यार्थी तपाइलाई स्वागत गर्न आतुर छन २०५५ सालमा तपाईं स्ववियु सभापती भएको क्याम्पसमा ।

संसदमा नीति निर्माण गर्न दिनुस्, आउनुस त्रिचन्द्र क्याम्पसमै वा रत्नपार्क भन्नुहुन्छ या खुल्लामञ्च त्यतै मुठ्भेडको अभ्यास गरौं । अनि त्यो बेलाको तपाईले बनाएको एक लाख डल्लरको बगैंचाको पनि हिसाब किताब गरौंला जबकी आजको १८ वर्ष अगाडि त्यो गार्डेन जम्मा ११ लाखमा सम्पन्न भएको थियो र १ डलरको भाउ ७५ नेपाली थियो । बाँकी ६४ लाख तपाईं संग असुल्नु पर्ने नै छ । साथै क्याम्पसको बेरुजु पनि फस्र्यौट गर्नुहोला । त्यो बेला अरु संगठनलाई प्रतिस्पर्धा पनि गर्न नदिने तपाईं अहिलेको त्रिचन्द्र क्याम्पसको अवस्था पनि हेर्नु होला ।

नेपाली जनताको ७० बर्ष भन्दा बढिको संघर्ष र बलिदानी बाट प्राप्त संविधान सभाबाट झण्डै ९०५ भन्दा बढिको बहुमतबाट पारित जनताको संविधानले ब्यबस्था गरिएको जननिर्वाचित संसदको गरिमा कायम गर्नु सबै लोकतान्त्रिक शक्ति र लोकतन्त्रमाथि बिश्वास गर्ने हामी सबैको कर्तब्य हो । संसदमा नीति निर्माण सम्बन्धी बहस छलफल प्रक्रिया गत रुपमा हुनुपर्छ ।

कुनै पनि अवस्थामा संसदमा विधि पद्धती भन्दा बाहिर गएर प्रक्रिया लाई आत्मसाथ नगरिनु लोकतान्त्रिक मान्न सकिँदैन । बाहुबलिको प्रयोग गर्नु मुठभेड सिर्जना गर्नु घोर अलोकतान्त्रिक चिन्तन हो ।

त्रिचन्द्र क्याम्पसका पुर्व स्ववियु सभापती, नेवि संघका पुर्व महामन्त्री माननीय गगन थापाले (जो लोकतन्त्रको गित गाएर थाक्दैनन्) संसदमा मुठ्भेड गर्ने दादागिरी चलाउने भन्नु भएछ । म माननीय गगन थापालाई अनुरोध गर्न चाहन्छु (संसद मुठ्भेड गर्ने थलो होइन । तपाइको नानी देखि को बानी नै हो मुठ्भेड रुचाउने । तपाईलाई अहिले पनि मुठभेड गर्ने चाहना छ र हिम्मत छ भने त्रिचन्द्र क्याम्पसमा स्वागत छ अनेरास्ववियुका कार्यकर्ता र त्रिचन्द्र क्याम्पसका विद्यार्थी तपाइलाई स्वागत गर्न आतुर छन्, २०५५ सालमा तपाईं स्ववियु सभापती भएको क्याम्पसमा ।

संसदमा नीति निर्माण गर्न दिनुस्, आउनुस त्रिचन्द्र क्याम्पसमै वा रत्नपार्क भन्नु हुन्छ या खुल्लामञ्च त्यतै मुठ्भेडको अभ्यास गरौं । अनि त्यो बेलाको तपाईले बनाएको एक लाख डल्लरको बगैंचाको पनि हिसाब किताब गरौंला जबकी आजको १८ बर्ष अगाडि त्यो गार्डेन जम्मा ११ लाखमा सम्पन्न भएको थियो र १ डलरको भाउ ७५ नेपाली थियो । बाँकी ६४ लाख तपाईं संग असुल्नु पर्ने नै छ । साथै क्याम्पसको बेरुजु पनि फस्र्याैट गर्नुहोला । त्यो बेला अरु संगठनलाई प्रतिस्पर्धा पनि गर्न नदिने तपाईं अहिलेको त्रिचन्द्र क्याम्पसको अवस्था पनि हेर्नु होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *