अनौठो रोग ‘प्रायपिजम्’बारे बुझौँ

   नयाँ दैनिक comment 0

एक दिन २२ बर्षीय युवा हस्पिटलको ईमर्जेन्सीमा आए । आत्तिँदै आफ्नो समस्या बताए । उनको समस्या सामान्य थिएन । यसो भनौँ, यस्तो केशको उनी नै पहिलो बिरामी थिए । चिटचिट पसीना निकाल्दै ऊनी निस्सासिए झैँ बोले, मेरो लिङ्ग असाध्यै दुख्यो हजुर ! हामीले सोध्यौँ, कति समय भयो ? केही काम बिर्सेझैँ उनले भने-अस्तिदेखि हो यस्तो भको । उनले भने अनुसार, उनको लिङ्ग दुखाईका साथ निरन्तर उत्तेजित भएको करिब ५६ घण्टा भइसकेको रहेछ । बुझेपछि थाहा भयो कि, उनी अबिबाहित नै थिए । त्यतिबेला सम्भोगको चरणमा नभएको र सोबारे आफुले सोच्दासमेत नसोचेको बताए । लिङ्ग उत्तेजक औषधी पनि प्रयोग गरेको पाइएन । स्वस्थ भएकोले अन्य कुनै औषधी पनि आफुले सेवन नगरेको उनको भनाई थियो । लिङ्गमुण्ड (ग्लान्स) लुलो र लिङ्गको अन्यभाग सबै कडा देखियो । अरु शारीरिक अवस्था नर्मल नै भएपछि उनलाई प्रायपिज्म भएको निदान गरियो ।

के हो ‘प्रायपिजम्’ ?

यो रोगको नाम ग्रिक शब्द प्रायपस हुँदै आएको देखिन्छ । यो पुरुषमा हुने पीडादायी रोग हो । यस्तो रोग अति थोरैमा मात्र देखा पर्छ । यो रोग लागेमा पुरुषको लिङ्ग अचानक उत्तेजित भई दुख्न थाल्छ । सम्भोगबाट स्खलन भएपनि यो उत्तेजित नै रहिरहन्छ । सम्भोगको वा जुनसुकै बेला पनि हुन सक्दछ । यो लोफ्लो र हाइफ्लो गरी दुई प्रकारको हुन्छ । धेरै जसो बिरामीमा यसको कारण नै पत्ता लाग्दैन । केही बिरामीमा रगतको रोग (जस्तै : ल्यूकिमिया, सिकलसेलडिजिज, थ्रोम्बोसाइटोसिस् आदि) र औषधी (जस्तै : मानसिक रोग र लिङ्ग उत्तेजक) को कारण हुन सक्छ ।

उपचार कसरी गर्ने ?

बिरामी अस्पताल आएपछि बिरामीको विवरण लिएर सामान्य चेक जाँच गर्दा यस्तो लक्षण देखिएमा शुरुमा कारण पत्ता लगाउने जाँचहरु गर्नुपर्छ र तुरुन्तै लिङ्गमा भरिएको रगत लिङ्गको फेदबाट घडीको सुई अनुसार ९ र ३ बजेको दिसाबाट लिङ्ग नरम नहुँदासम्म निकाल्नु पर्छ । यो प्रोसेस धेरै पटक दोहोर्याउनु पर्ने पनि हुन सक्छ । औषधी (जस्तै : फिनाईलेफ्रिन, नरइपिनेफ्रिन, मेट्रामिनल आदि) पनि प्रयोग गर्न सकिन्छ । यसरी उपचार सफल नभएमा अप्रेशन गर्नु पर्दछ । अप्रेशनमा विभिन्न किसिमको शन्टहरु (जस्तै : अल्घोरव, इवोज् र टिसन्ट) बनाएर गर्न सकिन्छ । जसको उदेश्य लिङ्गमा भरिएको रगतलाई बाहिर निकाल्नु हो । यदि कारण पत्तालागेमा कारण अनुसारकै उपचार गर्नु पर्दछ ।

यसको उपचार ढिलो भएमा भविष्यमा लिङ्ग कहिल्यै पनि उत्तेजनामा आउँदैन । बेलैमा (६ घण्टा भित्रमा) उपचार भएमा मात्र पूर्वावस्थामै आउन सक्ने सम्भावना रहन्छ । लिङ्ग उत्तेजनामा नआएमा लिङ्ग भित्र प्रोस्थेसिस् (एक प्रकारको पम्प गर्ने मेसिन) राखेर सम्भोग गर्नु अघि लिङ्ग उत्तेजनामा ल्याउन सकिन्छ । यसकारण समयमै उपचार गर्ने तर्फ ध्यान दिन जरुरी छ ।

लेखक प्राविधिक प्रहरी निरीक्षक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *