अबदेखि शिक्षामा पैसा खेर फाल्नु पर्दैन : प्रधानमन्त्री

   नयाँ दैनिक comment 0

माघ १, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अबदेखि शिक्षामा पैसा खेर फाल्नु नपर्ने दावी गरेका छन् । मङ्गलबार बालुवाटारमा उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन बुझ्दै ओलीले गुणस्तरीय शिक्षाका लागि अबदेखि नीजि क्षेत्रनै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने दावी गरेका हुन् । नीजि शैक्षिक संस्था बराबर सामुदायिक विद्यालयको शैक्षिकस्तर हुने उनको भनाई छ ।
प्रधानमन्त्री ओलीले सरकारले सामुदायिक विद्यालयको शैक्षिक स्तरमा व्यापक परिवर्तन गर्ने विश्वास दिलाउँदै भने, ‘शिक्षाको क्षेत्रमा नीजि क्षेत्रलाई भाग्ने बनाउँछौँ । सरकारी शिक्षाको स्तरवृद्धि व्यापक बनाउछौं । शैक्षिकस्तर माथि उठाउने सरकारको लक्ष्य छ ।’
‘बैंकको जस्तो प्रभुको मर्जी स्कुललाई बनाउने छैनौ । यसलाई हटाउन सरकार गम्भिर छ । सम्बृद्ध नेपाल सुखी नेपाली अध्यारोमा फालिएको ढुङ्गा होइन । हामीलाई देश विकास गर्नुछ’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *