अब सहकारीको ब्याज १६ प्रतिशत मात्रै

   नयाँ दैनिक comment 0

साउन १७, काठमाडौं।नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण  मन्त्रालयको सहकारी विभागको निर्णय अनुसार सहकारी संस्थाहरूले आफूखुशी ब्याजदर निर्धारण गर्न नपाउने भएका छन्। यसका लागि सरकारले ब्याजदरको सीमा तोकिदिएको छ। सहकारी संस्थाहरूले जथाभाबी ब्याज असुली गर्ने गरेको देखिएकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी विभागले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सीमा तोकिदिएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउन १९ गते आइतबारबाट लागू हुने सो निर्णयमा बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटी रहने व्यवस्था गरिएको विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *