अमेरिकाको दादागिरी विरुद्ध विद्यार्थीको प्रदर्शन

   नयाँ दैनिक comment 0

माघ १५, पोखरा । भेनेजुयलाको राजनीतिक संकट र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेको कदमको बिरुद्ध पोखरामा बिरोध प्रदर्शन गगिएको छ । सत्तारुढ नेकपा निकट अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको आयोजनामा पोखराको जनप्रिय क्याम्पस अगाडि सो कदमविरुद्ध प्रदर्शन गरिएको हो ।

प्रदर्शनपछिको कोण सभामा बोल्दै अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशका संयोजक क्षितिज सापकोटाले बोल्न पाउने स्वतन्त्र अधिकार सबैलाई रहेको भन्दै आफूहरु भेनेजुयाली जनताको पक्षमा रहेको प्रष्ट पारे । सापकोटाले भने, ‘के सानो राष्ट्र स्वाधिन हुन सक्दैन ? सार्वभौम हुदैन ? सधैँ शक्तिशाली राष्ट्रको भय, डर र छत्रछायाँमा उभिनुपर्ने नियति हो हाम्रो ?’

सापकोटाले एउटा स्वतन्त्र राष्ट्र भेनेजुयलाको पक्षमा बोल्दा, लेख्दा र धारणा राख्दा अर्को राष्ट्रसँग स्पष्टिकरण मागेकोमा खेद समेत प्रकट गरे । साम्राज्यावादको नाईके आँफैले आँफैलाई लोकतन्त्रको ठूलो मसिहा ठान्ने अमेरीकाको यो दादागिरी अलोकतान्त्रीक भएको भन्दै यो हस्तक्षपको बिरुद्ध सरकारले नै आधिकारीक धारणा पेस गरि प्रतिवाद गर्न समेत उनले माग नेताहरुलाई अनुरोध गरे । ‘हाम्रो स्वतन्त्रतामाथि अरुले धावा बोल्दा पनि कहिलेसम्म चुप बस्ने ?’ उनको प्रश्न थियो ।

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको आयोजनामा सोमबार भएको सो कार्यक्रमको सञ्चालन सोही संगठनका पोखरा महानगरका अध्यक्ष बिशाल तामाङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *