अमेरिकामा शृंखलाबद्धआक्रमण ३० जनाभन्दा बढीको मृत्यु

   नयाँ दैनिक comment 0

साउन १९, काठमाडौँ / अमेरिकामा शृंखालाबद्ध आक्रमण र हत्याका घटना भएको सीएनएन तथा बिबिसीले जनाएको छ। उनीहरुका अनुसार आज भएका छुट्टाछुट्टै घटनामा ३० जना भन्दा बढीको ज्यान गैसकेको छ भने दर्जनौं घाइते भएका छन्।अमेरिकाको टेक्ससमा रहेको एक सपिङ मलमा अन्धाधुन्ध गोली प्रहार भएको केही घण्टा नबित्दै ओहायोमा समेत गोली चलेको हो। अमेरिकाको ओहायो राज्यको डेटनमा अन्धाधन्धु गोली चल्दा ९ जनाको मृत्यु भएको छ। गोली लागेर १६ जना घाइते भएको डेटन प्रहरीले ट्वीटरमार्फत जानकारी दिएको छ। घाइतेहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।टेक्ससमा भएको गोली प्रहारबाट २० जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए, घटनामा संलग्नको आशंकामा प्रहरीले २१ वर्षीय युवक प्याटरिक क्रुसिअसलाई नियन्त्रणमा लिएको छ । विगतको तुलनामा यस्ता निर्मम हत्याका घटनाहरु बढ्दै गएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *