अमेरिकालाई जवाफ : नयाँ मिसाइल बनाउने रुसी राष्ट्रपतिको घोषणा

   नयाँ दैनिक comment 0

माघ २३, काठमाडौँ । रुसले नयाँ मिसाइल प्रणाली बनाउन थालेको छ । शीतयुद्धको क्रममा भएको मध्यमदूरीको क्षेप्यास्त्रसम्बन्धी एक सन्धि आईएनएफबाट अलग भएको घोषणा गरेको रुसले आफैँले मिसाइल बनाउन सुरु गरेको हो ।

रुसका रक्षामन्त्री सर्गेइ शोयगूले मंगलबार भनेका छन्, ‘दुई वर्षमा रुसले जमिनबाट मार हान्ने नयाँ मिसाइल बनाउने लक्ष्य राखेको छ ।  अमेरिकाले पहिलेदेखि नै सम्झौताको उल्लंघन गर्‍यो । अमेरिका पाँच सय किलोमिटरभन्दा टाढासम्म प्रहार गर्न सक्ने मिसाइल बनाउन सक्रिय रुपमा लागिरहेको छ । जुन सन्धिको सीमाभन्दा बाहिरको कुरा हो । यस्तो स्थितिमा रुसी राष्ट्रपतिबाट जस्तालाई त्यस्तै जवाफ दिन निर्देशन प्राप्त भएको छ ।’

इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्स (आईएनएफ) सन्धि अमेरिकाले एकतर्फी रुपमा तोडेको घोषणा गरेपछि रुसले पनि हालै उक्त सन्धिबाट आफू पनि अलग भएको घोषणा गरेको थियो ।

आईएनएफ सन्धिले छोटो र मध्यम दुरीका मिसाइल प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । अमेरिका र रुसले सन् १९८७ मा आईएनएफ सन्धिमा हस्ताक्षर गरेका थिए । तर अमेरिका र रुस दुवैले यो सन्धि उल्लंघन गरेको आरोप एकअर्कालाई लगाउँदै आएका थिए ।

आईएनएफ सन्धिले जमिनबाट मार हान्ने मिसाइल प्रयोगमा प्रतिवन्ध थियो तर समुद्र र हावाबाट प्रहार गर्ने मिसाइलमा भने प्रतिवन्ध छैन । त्यसैले रुससँग यस्ता मिसाइल छन् र उसले नयाँ प्रणाली विकसित गर्नेक्रममा तिनको प्रयोग गर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *