अमेरिकाले मेक्सिकोको सीमामा पर्खाल लगाउन कति छुट्यायो बजेट ?

   नयाँ दैनिक comment 0

चैत १३, काठमाडौँ । मेक्सिकोको सीमामा पर्खाल लगाउन अमेरिकी रक्षा मन्त्रालयले एक अर्व डलर निकासा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको प्रचारकै क्रममा पर्खालको प्रतिवद्धता जनाएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सीमामा आपतकालीन स्थितिको घोषणा गरेर प्रतिरक्षा शीर्षकमा छुट्याएको बजेटबाट पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गरेका थिए । सो योजना अनुसार नै रक्षामन्त्री प्याट्रिक सानाहले बजेट निकासा गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले संवैधानिक व्यवस्था विरुद्ध पकेट भिटो प्रयोग गरि यस्तो निर्णय गरेको भन्दै डेमोक्र्याटहरुले अदालतमा मुद्धा दायर गरेका छन् भने अमेरिकी संसदबाट उक्त बजेट पारित हुन सकेको छैन ।

मेक्सिकोको सीमामा ९२ किलोमिटर पर्खाल लगाउनको लागि भन्दै सन् २०२० को बजेट प्रस्तावमा ह्वाइट हाउसले ९ अर्व डलर माग गर्ने तयारि गरेको छ । यो वर्ष पनि राष्ट्रपति ट्रम्पले ६ अर्व डलर माग गरेकोमा अमेरिकी संसदले सो माग अस्वीकार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *