अमेरिका के हो ?

(पढ्नुहोस् मर्मस्पर्शी १२ बुँदा)
   नयाँ दैनिक comment 0

पुस ११, काठमाडौँ । सञ्चारकर्मी शिव शर्मा अमेरिका बस्छन् । करिब चार वर्ष भयो उनी अमेरिका बस्न थालेको । तनहुँका शर्मा अमेरिका जानुपूर्व कान्तिपुर राष्ट्रिय दैनिकमा कार्यरत थिए पोखरामा । अमेरिका पुग्नेबित्तिकै उनले अमेरिकाबारे लेख लेखे । बेलाबेला उनी अमेरिका बस्नु वाध्यताझैँ लेख्छन् र सार्वजनिक गर्छन् सामाजिक सञ्जालमार्फत । अमेरिकालाई उनले बुँदामा यसरी चिनाएका छन् :

१, गगनचुम्बी महल, ठुला समुन्द्र र रंगीचंगी माहौलको मात्रै कल्पना गरेर अमेरिका आउनु भयो भने तपाई पछुताउनु हुनेछ । यो त केवल क्षणभरको मोहकता मात्रै हो । ति गगनचुम्बी महलमा बस्न हाम्रो कमाईले पुग्दैन । तपाई यहा“ आएर बस्ने ति महलमा हैन, अर्पाटमेन्टमा हो । जुन एक,दुई तला भन्दा माथीको हुदैन ।

२,अमेरिका आएपछि तपाई नेपालमा जस्तो सजिलै फुर्सदको समय निकाल्न पाउनु हुदैन । कामले तपाईलाई यति कुदाउछ कि तपाईलाई दिन महिना र वर्ष बितेको पत्तो हुदैन । फुर्सदको समय तपाईलाई ग्रोसरी लगायत अन्य काम गर्दा ठिक्क हुन्छ । यहा“ तोकिएको काम तपाई मेसिन जस्तै छिटो गर्नुपर्ने हुन्छ ।

३,अमेरिकामा डलर टिप्ने रुख छैन । अमेरिका पुगेपछि भकाभक डलर फल्छ भन्ने सोच राख्नु भयो भने त्यो गलत हुनेछ । डलर टिप्न तपाईले धेरै पापड बेल्नुपर्छ । परिश्रम कडा गर्नुपर्छ । तोकिएको समयमा तपाईले हाड मज्जैले घोटनुपर्छ ।हाड घोटेर कमाएको पैसा तपाईले अर्पाटमेन्टको भाडा, बिजुली, गाडी तथा घरको इन्सुरेन्स बुझाउदा ठिक्क हुन्छ । कमाएको यतै खान र बस्नलाई हुन्छ । बचत गर्न धेरै मुस्किल छ ।

४, फेसबुकमा साथीभाई इष्टमित्रका अग्ला घर , समुन्द्र लगायतमा सेल्फि खिचेका फोटो देखेर अमेरिका जान पाए भन्न लोभमा पनि नफस्नु होला । फेसबुकमा पोस्टिने ति तस्विरहरु केवल यसो फुर्सदमा खिचेर कामको बोजलाई भुल्ने मेसो मात्रै हो भनेर बुझ्दा हुन्छ ।

५, यहाँको व्यस्त दैनिकले तपाईलाई यति कुदाउछ कि तपाईलाई नेपालको सहज जीवनशैलीको सधै मिस हुन्छ । कामको बोझले यहाँको लाइफस्टाईल कष्टकर र व्यस्तता बीच गुज्रिएर जान्छ । तपाईले आफनो उमेर गएको पनि पत्तो पाउनु हुन्न ।

६, आफु बस्ने हामीलाई नआईज भन्ने भनेर साथीले भन्यो भन्दै मन नदुखाउनु होला । सुनेको र देखेको भन्दा भोगेकाहरुलाई बढी थाहा हुन्छ । यदि तपाईले आफनै देशमा राम्रो गर्नुभएको छ भने अमेरिका आउने सपना नदेखेकै राम्रो हुन्छ ।

७, डिभी प¥यो भनेर खुट्टा नउफार्नु होला । डिभी नपर्नेहरुले पनि चित्त नदुखाएकै राम्रो होला । यहाँ आएपछि तपाईले उताको सबै भुलेर सुरु गर्नुपर्छ शुन्यबाट जिन्दगी । यहाँको भाषा तथा सिस्टमले तपाईलाई धेरै पिरोल्छ ।

अमेरिकामा सानो देखि केही अफिसियल काम गर्ने नेपालीको जीवनशैलीमा केही भिन्नता छैन । सानो देखि ठुलो काम गर्नेहरुको रुटीन उही हो । तोकिएको समयमा जुनसुकै काम गर्नेहरुले पनि गर्ने परिश्रम उही हो ।

९, अमेरिकामा साथीभाई तथा इष्टमित्रका चिल्ला गाडी चथा चिटिक्कका घर देखेर लोभि नहाल्नु होला । अधिकाशंले यो सब क्रेडिडमै लिएका हुन्छन् । त्यो सबै महिनैपिच्छे किस्ता तिदै जानुपर्छ ।यथार्थमा भन्दा अमेरिकाको जीवनशैली क्रेडिटमा चलेको छ ।

१०, नया आउनेलाई अनेक थरीका कुरा गरेर हतोत्साहित बनाउने पनि यहाँ अरु नभई नेपाली नै हुन्छन् । सबैका कुरा सुन्ने र अन्तिम निर्णय तपाई आफैले गर्ने हो । वर्षो अगाडी आएकाहरुलाई हेरेर तपाईले आफु कमजोर भएको कहिल्यै नठान्नु होला ।

११, गैरकानुनी रुपमा अमेरिका आउने सोच बनाउनु भएको छ भने बदलिनु होला । ५०, ६० लाख रुपैया नेपालमै लगानी गर्नु होला । ज्यान जोखिममा हालेर आउदा केही भर हुदैन । आइहाले पनि तपाईले कागजजात विना राम्रो काम गर्न पाउनुहुन्न । कागज बनाउन तपाईको लाखौ खर्च हुन्छ । आउदा लागेको ऋण कहिले तिर्ने र कमाउने कहिले समस्याले तपाईलाई पिरोल्छ ।

१२, गायक पुस्पम प्रधानले भने झै ,’पैसा होइन पासो छ परदेशमा’ । यहाँ आएपछि तपाई त्यही पासोमा पर्नुहुन्छ । जसले तपाई सजिलै फुत्केर भनेको समयमा आफनो देश फर्कन चाहेर पनि सक्नुहुन्न । कोही आफन्त विरामी पर्दा समेत भनेको समयमा जान पाउनुहुन्न । देशमा मुत्युको मुखमा पुगेकाहरुको सास त के लास समेत तपाईले भेट्न सक्नु हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *