अर्जेन्टिना र ब्राजिल बीचको सेमीफाइनल जुलाई २ मा

दोस्रो सेमीफाइनल पेरु र चिली बीच ३ तारिखमा
   नयाँ दैनिक comment 0

असार १६, काठमाडौँ । ४६ औं  संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता यतिबेला ब्राजिलमा संचालन भैरहेको छ। क्वाटरफाइनल चरणका सबै खेलहरु समाप्ति संगै सेमिफाइनलको समीकरण पनि पुरा भएको छ। पहिले सेमीफाइनल खेल आगामी जुलाई २ तारिखका दिन आयोजक राष्ट्र ब्राजिल र अर्जेन्टिना बीच हुने भएको छ। अघिल्लो दुई संस्करणको फाइनल खेलेको अर्जेन्टिना र ब्राजिल बीचको खेल निकै रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। अर्को सेमीफाइनल खेल भने पेरु र डिफेनंडिङ्ग च्यम्पिएन चिली बीच हुने छ । यो खेल आगामी जुलाई ३ तारिखमा ब्राजिलको प्रोटो अलेग्रो सहरमा हुने  भएको छ । कोपा अमेरिकाको फाइनल खेल भने जुलाई ७ तारिखमा हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *