आइपिएलमा मुम्वईले पञ्जावलाई हरायो

   नयाँ दैनिक comment 0

चैत २८, काठमाडौँ । जारी सिजनको आइपिएल क्रिकेटमा मुम्वई इण्डियन्सले किङ्ग्स इलेभेन पञ्जावलाई ३ विकेटले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको किङ्ग्स इलेभेनले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १९७ रन हानेको थियो । लोकेश रावलले १०० रन तथा क्रिस गेलले ६० रनको योगनाद दिएको खेलमा मोहम्मद सामीले पञ्जावकालागि ३ विकेट लिएका थिए पनि जितका लागि प्रयाप्त भएन ।

जवाफी ब्याटिङ्गमा आएको मुम्वईले किरन पोलर्डको ८३ रनको सहयोग साथै अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउदा पञ्जावलाई पराजित गर्न सफल भएको हो । पञ्जावका हार्दिक पाण्डेले २ विकेट लिँदा जसप्रित बुम्राह र ज्यासनले समान एक-एक विकेट लिएका थिए ।

यो जितसँगै मुम्वई इण्डियन ६ खेलबाट ८ अंकका साथ लिगको तेस्रो स्थानमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *