आइपिएल : कलकत्तालाई पराजित गर्दै दिल्ली लिगको चौथो स्थानमा

   नयाँ दैनिक comment 0

चैत ३०, काठमाडौँ । आइपिएल क्रिकेट लिगमा हिजो साँझ कलकत्ताको इडेन गार्डेन क्रिकेट मैदानमा भएको खेलमा दिल्ली क्यापिटल्सले कलकत्तालाई ७ विकेटले पराजित गरेको छ ।

टस जितेर फिल्डिङ्ग रोजेको दिल्लीले कलकत्तालाई २० ओभरमा १७८ रनमा समेटेको थियो । कलकत्ताका लगि सुबनम गिलले ६५ रन तथा आन्द्रे रशेलले ४५ रन हानेका थिए।  दिल्लीको बलिङ्ग तर्फ इशान्त शर्माले पहिलो ओभरमै जोय डेन्लीलाई बोल्ड गरेका थिए भने कागिसो रवडा, क्रिस मोरिस र किमो पोलले समान दुई-दुई विकेट लिएका थिए ।

१७९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ्गमा आएको दिल्लीले ओपनर शिखर धवनको अविजित ९७ रन तथा रिशव पन्तको ४६ रनको मद्दतमा खेल सकिन ७ बल बाकी छँदै गेम जित्न सफल भएको हो । प्रशिद्ध कृष्ण, आन्द्रे रशल तथा नितिश रानाले एक-एक विकेट लिए पनि दिल्लीलाई जितबाट रोक्न भने सकेनन् ।

यो जितसँगै दिल्ली लिगको चौथो स्थानमा उक्लिएको छ । उसको सात खेलबाट ८ अंक छ भने समान खेल खेलेको दोस्रो स्थानको कलकत्ताको पनि ८ अंक छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *