आइपिएल क्रिकेटः दिल्लीले टस जित्दै बलिङ्ग रोज्यो

सन्दिपले पनि खेल्ने
   नयाँ दैनिक comment 0

चैत २४, काठमाडौँ । इण्डियन प्रिमियर लिग क्रिकेट अन्तरगत् आज ब्यांग्लोरको चिन्नाश्वामि रंगसालामा रोयल च्यालेन्जर्स ब्यांगलोर र दिल्ली क्यापिटल्सले यो सिजनको आइपियलमा २०औँ  खेल खेल्दैछन् । जसका लगि दिल्लीले टस जितेर बलिङ्ग रोजेेको छ । 

भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको ब्यांग्लोरले ५ खेलमा एउटा पनि खेल जितेको छैन भने ब्यांग्लोर अंक तालिकाको अन्तिममा छ । युवा खेलाडी श्रेयस आइएरको कप्तानीमा रहेको दिल्ली क्यापिटल्स ५ खेल मध्ये २ खेल जित्दै अंक तालिकाको छैठौँ स्थानमा रहेको छ ।

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले आज पनि प्रतिस्पर्धा गर्न पाउने भएका छन् । सन्दिपले खेलेका ३ खेलमै विकेट लिन सफल भएका छन आज पनि टिममा स्थान बनाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *