आइपिएल – चेन्नाइद्वारा कोलकोत्ता पराजित

   नयाँ दैनिक comment 0

चैत २७, काठमडौँ । इन्डियन प्रिमियर लिग क्रिकेट अन्तरगत हिजो भएको खेलमा चेन्नाइ सुपर किङ्ग्सले कोलकोत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । 

चेन्नाइको चिन्दामबरम रंगशालामा भएको खेलमा टस हारेर पहोले ब्याटिङ्ग गरेको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाउदै १०८ रन बनाएको थियो । आन्द्रे रशेलले ५० रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले राम्रो स्कोर बनाउन नसक्दा चेन्नाइका लागि दिपप चाहारले ३ विकेट, हरभजन र इमरान ताहिरले समान २ विकेट तथा रविद्र जडेजाले १ विकेट लिएका थिए ।

जवाफि ब्याटिङ्गमा उत्रिएको चेन्नाईले १७.२ ओभर खेल्दै आवश्यक रन पुरा गर्न सफल भयो । चेन्नाइका लागि डु प्लेसिसले ४३ रन बनाए भने अम्वति राइडुले २१ रन बनाएका थिए । कोलकोत्ताको तर्फबाट सुनिल नारिनले २ तथा पियुश चावलाले १ विकेट लिएका थिए । 

यो जितसँगै चेन्नाइ सुपरकिङ्ग्स लिगको शीर्षस्थानमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *