आइपिएल : चेन्नाइद्वारा राजस्थान पराजित

   नयाँ दैनिक comment 0

चैत २९, काठमाडौँ । आइपिएल क्रिकेट अन्तरगत हिजो श्वामीमानसिं स्टेडियम जयपुरमा भएको खेलमा राजस्थान रोयललाई महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाइले अन्तिम ओभरमा पराजित गर्न सफल भएको छ ।

टस हारेर ब्याटिङ्ग गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै १५१ रन बनाएको थियो । जवाफी ब्याटिङ्गमा आएको चेन्नाइले अन्तिम ओभरको अन्तिम बलमा मिचेल सान्टनरको छक्काको मद्दतमा जित दर्ता गर्न सफल भएको हो ।

राजस्थानका लागि वेन स्टोकले २८ रन,वट्लरले २३ रन र श्रेयस गोपालले १९ रनको योगदान दिएका थिए भने वेन्स्टोकले २ विकेट, धवल कुलकर्नी, जयदेव र जोफ्रा आर्चरले समान एक-एक विकेट लिएका थिए ।

चेन्नाइका दिपक चहार, श्रदुल ठाकुर तथा रविन्द्र जदेजाले २-२ विकेट लिएका थिए भने मिचेल सान्टनरले एक विकेट लिएका थिए । चेन्नाइका लागि महेन्द्रसिंह धोनीले ५८ रन तथा अम्वती राइडुले ५७ रनको योगदान गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *