आइपिएल : दिल्लीले हैदरावादलाई उसकै मैदानमा हरायो

   नयाँ दैनिक comment 0

वैसाख २, काठमाडौँ । आइपिएल क्रिकेट अन्तरगत हिजो भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ३९ रनले पराजित गरेको छ । दिल्लीले पछिल्ला ३ खेलमा लगातार जित दर्ता गरि लिगको दोस्रो स्थानमा उक्लिन सफल पनि भएको छ ।

टस जितेर फिल्डिङ्ग रोजेको हैदरावादले निर्धारित २० ओभरमा दिल्लीलाई ७ विकेट लिँदै १५५ रनमा समेटेको थियो । दिल्लीका कप्तान श्रेयश ऐयरको ४५ रन तथा कोलिन मुनोरुको ४० रनको मद्दताम दिल्लीले १५५ रन बनाउन सफल भएको थियो । हैदरावादका खलिल अहमदले ३ विकेट, भुवनेश्वर कुमारले २ विकेट तथा अभिशेक शर्मा रशिद खानले एक-एक विकेट लिएका थिए । 

जवाफि ब्याटिङ्ग गरेको हैदरावादले १९.५ ओभरमा सबै विकेट गुमाउदै ११६ रन मात्र बनयो । डेभिड वार्नरले ५१ रन तथा जोनी बेरिस्तोले ४१ रन हाने पनि हैदरावादका अन्य ब्याट्सम्यान चल्न सकेनन् । दिल्लीका कागिसो रवडाले ४ विकेट लिँदा क्रिस मोरिस तथा किमो पाउलले ३ विकेट लिएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *