आइपिएल : पहिलो जित निकाल्दै बैंग्लोरले पञ्जावलाई हरायो ।

   नयाँ दैनिक comment 0

वैसाख १, काठमाडौँ । आइपिएल क्रिकेटमा पहिलो जित निकाल्ने क्रममा विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्ज बैंग्लोरले किङ्ग्स इलेभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको छ ।

२० ओभरमा ४ विकेट गुमाउदै पञ्जावले क्रिस गेलको ९९ नट आउट रनको मद्दतमा १७३ रन बनाएको थियो । बैंग्लोरका लागि यजुवेन्द्र चहालले २ तथा मोईन अली र मोहम्मद सिराजले समान एक-एक विकेट लिएका थिए ।

जवाफी ब्याटिङ्गमा आएको बैंग्लोरका विराट कोहलीले ६७ रन लिएका थिए भने एबिडे भिल्लर्सले नट आउट ५९ रन जोडेका थिए । पञ्जावका बलरहरु मोहम्द शामी तथाा रविचन्द्रन आश्वीनले एक-एक विकेट लिए पनि अन्य बलर चल्न सकेनन् । 

यो हारसँगै पञ्जाव लिगको पाँचौ स्थानमा झरेको छ भने  पाँचौ स्थानमा रहेको दिल्ली क्यापिटल्स चौथो स्थानमा पुग्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *