आइपिएल : मुम्वईले बैंग्लोरलाई हरायो

विराट कोहलीको टिम संकटमा
   नयाँ दैनिक comment 0

बैशाख ३, काठमाडौँ । मुम्वईको वानखडे स्टेडियममा हिजो मुम्वई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोरबिच खेल भएको थियो । उक्त खेलमा मुम्वईले बैंग्लोरलाई ५ विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङ्गको निम्तो पाएको बैंग्लोरले २० ओभरमा ७ विकेट गुमाउदै १७० रन बनाएको थियो । बैंग्लोरका लगि एबिडे भिल्लर्सले ७५ तथा मोइन अलीले ५० रन हानेका थिए । पृथ्वी पटेलले २८ रनको योगदान दिँदा कप्तान विराट कोहली ८ रनमै आउट भएका थिए । मुम्वईका लासिथ मालिङ्गाले ४ विकेट लिएको खेलमा ज्यासन र हार्दिक पाण्डेले एक-एक विकेट लिन सफल भए ।

जवाफी ब्याटिङ्गमा आएको मुम्वईले १९ ओभरमा १७१ रन बनाई बेंग्लोरलाई पराजित गर्न सफल भएको हो । मुम्वईका लागि डे ककले ४०, रोहित शर्माले २८ रन शुर्य कुमार यादवले २९ रन हार्दिक पाण्डेले ३७ रन तथा ईशान किसानले २१ रनको योगदान दिएका थिए ।

मोइन अली र यजुवेन्द्र चहालले दुई विकेट लिँदा मोहम्मद सिराजले बैंग्लोरका लागि १ विकेट लिन सफल भए ।

८ खेलमा ७ खेलमा पराजित भएको बैंग्लोर २ अंक सहित लिग तालिकाको अन्तिम स्थानमा रहेको छ । हिजोको हारसँगे कप्तान विराट कोहली तथा बैंग्लोरको टिम संकटमा परेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *