बैशाख ३, काठमाडौँ । मलेसियामा जारि आइसिसि यु-१९ एसिया छनोट चरण अन्तरगत नेपालले ओमनलाई १५० रनले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपाली टोलीले ४३.२ ओभरमा सबै विकेट गुमाउदै २२९ रन बनाएको थियो । नेपालका तर्फबाट कप्तान रोहितले ७५ रन हानेका थिए भने अन्य ब्याट्सम्यानहरु टिक्न सकेनन् । रोहितले ८१ बलको सामना गर्दै ५ चौका र २ छक्का हानेका थिए ।
ओपनर पवन सर्राफ व्यक्तिगत ५ रन बनाएर आउट भए । अर्का ओपनर रित गौतम पनि २१ बल खेलेर १० रन मात्रै बनाई आउट हुँदा नेपालको स्कोर ३३ रन थियो ।
अभिषेक बस्नेत ४४ बलमा १० रन बनाएर आउट भए भने सन्दिप जोरा ९ बल खेल्दै ४ रन बनाएर आउट भए । त्यसपछि आएका हरिवहादुर चौहानले २ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । यसरी नेपालले ८२ रनमा चार विकेट गुमायो ।
भिम शार्की पनि ४३ बलमा २९ रन बनाएर आउट भए । त्यसपछि आएका कुशल मल्ल र कमल सिंह ऐरीले क्रमस १ र २ रन बनाएर पेभेलियन फर्किए । १० नम्बरमा आएका प्रतिश जिसीले विष्फोटक ब्याटिङ गर्दै नेपाललाई उकासे । उनले २३ बलमा ४ छक्का र २ चौका सहित ४१ रन बनाए ।
ओमानका लागि मुजाहिर राजा, आजम अलि, सञ्जय रवीन्द्र र जिल तन्नाले २–२ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ्गमा २३० रनको लक्ष्य सहितआएको ओमन ४४.१ ओभरमा ७९ अलआउट भएको छ । ओमनकालागि एएस तथा जे वाइ तन्नाले १३-१३ रन बाहेक अन्य खेलाडीले दोहोरो रन जोडन सकेनन् ।
नेपालका पवन सर्राफले ३ विकेट लिँदा शुर्य तामाङ्ग र प्रतिश जिसीले समान दुई-दुई विकेट तथा कुशल मल्ल, भिम शार्की तथा कमलसिंह ऐरीले एक-एक विकेट लिन सफल भएका थिए ।