आफ्नो देश आफैँ बनाऔँ : प्रधानमन्त्री

   नयाँ दैनिक comment 0

चैत ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देश आफैँ बनाउन सबैसँग आग्रह गरेका छन् । उर्जा मन्त्रालयअन्तर्गत ‘नेपालको पानी जनताको लगानी’ बारे बोल्दै प्रधानमन्त्रीले भने, ‘विदेशीसँग हात थाप्नेभन्दा आफ्नो देश आफैँले बनाउनुपर्छ ।’

जुन देशमा जनतामा आत्मविश्वास र स्भाभिमान हुन्छ तिनैले देश बनाउन सक्ने ओलीले बताए । स-साना प्रयत्न र काम मार्फत धेरै काम हुन सक्ने भन्दै ओलीले उदाहरण दिए, ‘मौरीले सानोसानो चुच्चोमा सानो सानो फुलको रस ल्याएर थुप्रै मह थुपारेको हुन्छ ।’

देशभित्र र देशबाहिर रहेका सबै नेपालीलाई नमुना आयोजनामा लगानी गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । यो नयाँ अभ्यासको प्रारम्भ भएको बताउँदै ओलीले हरेक नेपाली जलविद्युत र उर्जामा सहभागी हुने नारा मात्रै नभई व्यवहारीक हुने दावी गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *