‘आरक्षण बचाऔं आन्दोलन’का क्रममा १९ जना पक्राउ

   नयाँ दैनिक comment 0

 साउन २६, काठमाडौँ।       काठमाडौँ स्थित सिंहदरबार घेराउ गर्ने कार्यक्रम अन्तर्गत भद्रकालीमा भेला भएका आरक्षण बचाउ आन्दोलनका सहभागी मध्ये १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल अनुसार दलित गैसस महासंघ अध्यक्ष भक्त विश्वकर्मा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अध्यक्ष कुमार लिङ्देन, लिम्बुवान राष्ट्रिय समिति (समाजवादी पार्टी) का अध्यक्ष खगेन्द्र माखिम, समाजवादी पार्टीका नेता दलमर्दन कामी लगायत पक्राउ परेका छन् । उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगले गरेको विज्ञापन खारेजीको माग गर्दै आदिवासी जनजाति, महिला, दलित र पछाडि परेका समुदायले ‘आरक्षण बचाऔं आन्दोलन’ नाममा चरणबद्ध आन्दोलनमा छन् । आइतबार सिंहदरबारसहित प्रदेश मुख्यमन्त्री कार्यालयहरू, लोक सेवा कार्यालयहरूमा धर्ना कार्यक्रम राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *