आर्सनल प्रिमियर लिगको चौथो स्थानमा उक्लियो

   नयाँ दैनिक comment 0

बैशाख ३, काठमाडौँ । प्रिमियर लिगमा हिजो राति भएको एकमात्र खेलमा आर्सनलले संघर्षपुर्ण जित हासिल गरेको छ । उसले वार्टफोर्डलाई १-० ले पराजित गरेको हो ।

खेल सुरु भएको १०औँ मिनेटमा इमिरिक औवामयाङ्गले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ११औँ मिनेटमा टोरी डेनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वाटफोर्ड १० खेलाडीमा सिमित बनेको थियो । खेल सकिँदा सम्म अन्य गोल हुन नसक्दा आर्सनल १-०ले विजयी भयो ।

यो जितसँगै आर्सनल ३३ खेलबाट ६६ अंकका साथ प्रिमियर लिगको चौथो स्थानमा उक्लिन सफल भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *