आश्चर्य : जुम्ल्याह बच्चाका फरक-फरक पिता !

   नयाँ दैनिक comment 0

चैत १७, काठमाडौँ । चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक-फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक-फरक भएको पत्ता लागेको हो । यो कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

जब दम्पत्ति आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको हो । डीएनए परीक्षपछि महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य पुरुषसँग सम्बन्ध राखेको खुलासा भएको हो । श्रीमानलाई यो विषयको जानकार हुनेबित्तिकै उनले श्रीमतीसँग सोधपुछ गरेका थिए । सोधपुछपछि महिलाले अर्को व्यक्तिसँग पनि सम्बन्ध भएको स्वीकार गरेकी थिइन् । 

तस्विर : गुगलबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *