इपिएल : भैरहवालाई हराउँदै ललितपुरले उचाल्यो उपाधि

   नयाँ दैनिक comment 0

काठमाडौं, ७ पुस । सर्वाधिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उपाधि ललितपुरले उचालेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार राष्ट्रिय क्रिकेट टोलीका ज्ञानेन्द्र मल्लको नेतृत्व टोली ललितपुर र शरद भेषवाकरको टोली भैरहवा ग्लाडिएटर्सबीच भिडन्त भएको थियो ।

ललितपुरले भैरहवासामू प्रस्तुत गरेको १५६ रन पछ्याएको भैरहवा १४१ रन बनाएर अलआउट भयो ।

उपाधि हात पारेसँगै उसले २१ लाख पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *