उत्तर कोरिया : किम जोङ उन पुनः सर्वोच्च नेता चयन

   नयाँ दैनिक comment 0

चैत २९, काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन १४ औँ सर्वोच्च जनकंग्रेसको पहिलो सत्रबाट उत्तर कोरियाको स्टेट अफेयर्स कमिसनको अध्यक्षमा निर्वाचित भएका छन् ।

बैठकले चोइ रियोङ हाइलाई प्रथम उपाध्यक्ष तथा जनंग्रेसको अध्यक्षमा निर्वाचित गरिएको छ। उनी राष्ट्र प्रमुखको हैसियतमा रहन्छन्। यद्यपी यो पद संवैधानिक हो । यसअघि यस पद सन् १९९८ देखि किम योङ नामले समाल्दै आएका थिए ।  

जनकंग्रेसले स्टेट अफेयर्स कमिसनमा अमेरिकासँगको वार्तामा भूमिका खेलेका किम योङ चोल, परराष्ट्र मन्त्री रि योङ हो, परराष्ट्र सहायक मन्त्री चोइ सोन हुइलाई चयन गरेको जनाइएको छ । 

जनकंग्रेसले उनीसँगै रि मान गोन, चोइ ह्वाइ, पाक थाइ दोक, थाइ होङ चोल र जोङ कियोङ पोलिट ब्युरोमा निर्वाचित भएका छन् ।

स्टेट अफेयर्स कमिसनका अध्यक्ष देशको सर्वोच्च नेताको रुपमा रहन्छन्। गत मार्चमा जनंग्रेसका ६८७ प्रतिनिधि निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *