उधारो नतिर्नेको नाम सार्वजनिक, नेतादेखि ठेकेदारसम्म

   नयाँ दैनिक comment 0

माघ १३, काठमाडौँ । उधारो खाएपछि तिर्नु पर्ने वाध्यता सम्झेर मान्छेहरु साहूसँग लुकेर हिँड्ने गर्दछन् । साहूले पनि ऋणीलाई जहाँ देख्यो त्यहीँ झपार्छन् र पैसा माग्छन् । रौतहटको चन्द्रपुर–४, का आनन्द दाहालले भने उधारो खाएर नतिर्नेहरूलाई ‘धन्यवाद’ भनेर ग्राहकको लिस्ट सार्वजनिक गरेका छन् । शुक्रबार सार्वजनिक भएको सो लिस्ट सामाजिक सञ्जालमा भाइरल बनेको छ । लिस्ट सार्वजनिक गरेपछि कोहीले उधारो पैसा तिरेका छन् भने केहीले दाहाललाई वदनाम गरेको भन्दै धम्क्याएका छन् ।

चन्द्रनिगाहपुर चोक नजिक रहेको दाहालको ‘ज्वाइँ जेठान होटल’ छ । उनको होटल नास्ताका लागि प्रख्यात छ  । नास्ता खाने ग्राहकले लामो समयसम्म रकम नतिरेको भन्दै उनले लिस्ट तयार गरी बाहिर सार्वजनिक रूपमा टाँसे । ‘उधारो खाएर नतिर्ने महानुभावहरूको प्रचार गर्न पाए, लिस्टको माथिल्लो भागमा दाहालले लेखेका छन् ।

नास्ता खाएर नतिर्ने लिस्टमा कांग्रेसका नेतादेखि वडा अध्यक्ष र ट्रक व्यवसायी संघ समेत परेको छ । दिनभरी हड्डी घोटेर सेवा गरे बापत उधारो राख्नेहरूसित रकम माग्दा उल्टै धम्की दिने गरेपछि लिस्ट सार्वजनिक गर्नुपरेको वाध्यता दाहालले सुनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *