कांग्रेसका प्रवक्ताले भने– ‘सरकार एउटा गीतसँग थर्थर काँप्यो !’

   नयाँ दैनिक comment 0

फाल्गुण ५, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुई तिहाईको सरकार एउटा गीतसँग थर्थर काँपेको आरोप लगाएको छ । लोकदोहोरी गायक पशुपति शर्माले आफ्नो पछिल्लो गीत ‘लुट्न सके लुट कान्छा..’ बोलको गीत आफ्नो युट्यूब च्यानलबाट हटाएको विषयमा कांग्रेसले यस्तो प्रतिक्रिया दिएको हो ।

पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पशुपति शर्माको गीतका विषयमा व्यङ्ग गर्दै भने, ‘कति बलियो होला दुई तिहाईको सरकार एउटा गीतले पनि थरर्र काप्ने !’ अभिव्यक्ति स्वतन्त्रताको विषयमा सरकार गम्भीर नरहेको भन्दै उनको भनाई छ ।

शर्माले भने, ‘मुलुकमा जे प्रकारको वातावरण थियो । एउटा गायकले त्यो गीतलाई प्रस्तुत गर्दै गर्दा आलोचित या प्रशंसीत हुन पाउने उसको नैसर्गिक अधिकारको रक्षा राज्यले गर्न सकेन ।’

कांग्रेस नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले भ्रष्टाचार र बेथितीविरुद्ध लोक गायक पशुपति शर्माले गीत बाहिर ल्याउँदा सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् । उनले पञ्चायतकालिन शासनजस्तो झझल्को लागेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *