एकतापछि पार्टीमा पहुँच पुगेन : जनार्दन

   नयाँ दैनिक comment 0

माघ २१, काठमाडौँ । सत्तारुढ नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी एकतापछि पार्टीमा आफ्नो पहुँच नभएको गुनासो गरेका छन् । राजधानीमा आइतबार नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व गृहमन्त्रीसमेत रहेका शर्माले एकताअघिसम्म भूमिका भए पनि एकतापछि पार्टीमा आफ्नो पनि पहुँच पुग्न नसकेको भन्दै अहिले संघीयताबारे धेरैनै गल्ती हुन खोजेकाले बोल्न बाध्य भएको बताए । शर्माले भने, ‘पार्टी एकता मैले गराएको साँचो कुरा हो । तर जेठ २ गतेपछि नयाँ संरचना बनेको छ । अहिले त्यहाँ मेरो पनि पहुँच छैन ।’

कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमार्फत् सरकारले संविधानविरोधी काम गरिरहेको आरोप समेत लगाए । उनले भने, ‘प्रदेश सरकारले कुनै गतिविधि गर्न नपाउनेगरी कानुन बनाउने ? प्रदेश सरकारभन्दा माथि सिडिओलाई राखिदिनु पर्ने ? यो जे भइरहेको छ, राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्वको मिलेमतोमा भइरहेको छ। संघीयताविरोधीको मिलेमतोमा भइरहेको यो कुरा मानिदैँन।’ उनले आफ्नो पार्टी निकट कर्मचारीहरूलाई प्रदेश र स्थानीय सरकारमा गएर सेवा गर्न पनि सुझाव दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *