एकै परीवारका ३ जनाले गरे झुण्डिएर आत्महत्या

   नयाँ दैनिक comment 0

चैत २२, काठमाडौँ । चितवन जिल्लाको भरतपुर महानगररपालिका -१८ शशीनगरमा एकै परीवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका छन् । उनीहरुले घरभित्र सलको पाशो लगाइ झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नेमा आमा माया आलेमगर, छोरी विनिता मगर तथा छोरा विवेक मगर रहेका छन् । मृतक माया आलेमगरका श्रीमान नरबहादुर मगर नेपाली शेनामा कार्यरत छन् । एकै घरमा झुण्डिएर आत्महत्या गरेको कारणबारे प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *