एभर्टनविरुद्ध टटनह्यामको ६ गोल

   नयाँ दैनिक comment 0

पुस ९, काठमाडौँ । ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा टटनह्यामले शानदार जित हात पारेको छ । एभर्टनलाई ६–२ ले हराउँदै टटनह्यामले दोस्रो स्थानको म्यानचेष्टर सिटिसंगको दुरी २ अंकले छोट्याएको छ । टटनह्यामको जितमा सन ह्युङ मिन र हेरी केनले समान २ तथा डेल अली र क्रिष्टियन ईरिक्सनले एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने एभर्टनले लिएको थियो । २१ औँ मिनेटमा थियो वाल्कोटले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए ।

५१ औँ मिनेटमा गिल्फी सिगुर्डसनले गोल गर्दै टटनह्याममाथि दबाब बनाउने प्रयास गरेपनि त्यो सम्भव बन्न सकेन् । १८ खेलबाट टटनह्यामको ४२ अंक भएको छ । समान खेलबाट म्यानचेष्टर सिटीको ४४ र लिभरपुलको ४८ अंक छ । एभर्टन भने २४ अंकमा तालिकाको ११ औँ स्थानमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *