एसिया क्षेत्र छनोटमा सिंगापुरद्वारा विजयी सुरुवात

   नयाँ दैनिक comment 0

साउन ६,काठमाडौं ।आजदेखि सिंगापुरमा शुरु भएको टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको पहिलो खेलमा सिंगापुरले जित हात पारेको छ ।उक्त प्रतिस्पर्धामा सिंगापुरले कतारलाई ३३ रनले पारजित गरेको हो ।सिंगापुरले दिएको १८७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५३ रन मात्रै बनाउन सक्यो ।कतारका लागि कप्तान तमोर सज्जादले ३४ र मोहम्मद रिज्लानले ३३ रन बनाए पनि जीतका पर्याप्त भएन । सिंगापुरले आफ्नो जीत निकाल्ने क्रममा अमजाद मेहबुब र जनक प्रकासले समान ३-३ विकेट लिए ।आयोजक सिंगापुर सहित नेपाल, कतार, कुवेत र मलेसिया सहभागी प्रतियोगिताको विजेता टिम युएईमा अक्टोबर ११ देखि सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्न छानिनेछ।नेपालले भने आफ्नो खेलको शुरुवात कतारसंग खेल्दै गर्नेछ। खेल नेपाली समय भोलि विहान ७:१५ बजे सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *