ओलीजी समझदारी अनुसार चल्नुहुन्छ: प्रचण्ड

   नयाँ दैनिक comment 0

भदौ २, काठमाडौँ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक सम्झौता अनुसार सरकार ५ वर्षसम्म रहने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समझदारी’ अनुसार चल्नुपर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले समझदारीको आशय भने खुलाएनन् ।उनले भने,‘नेकपाको सरकार ५ वर्षसम्म रहन्छ। यसमा कुनै दुविधा नै छैन,’ सोमबार जनकपुर विमानस्थलमा संवाददाताहरुसित कुरा गर्दै नेकपाका अध्यक्ष दाहालले भने, ‘सरकार पनि ५ वर्ष जान्छ। ओलीजी पनि समझदारीअनुसार चल्नुहुन्छ।’ साथै प्रचण्डले नेकपा नेतृत्वको सरकार पाँच वर्ष चल्ने विषयमा कुनै शंका नगर्न सञ्चारकर्मीलाई आग्रह गरेका गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *