ओली र प्रचण्डलाई वैद्यको सुझाव : ‘पार्टीको नाम फेर्नु, कम्युनिस्ट नराख्नू’

   नयाँ दैनिक comment 0

चैत १६, बुटवल । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले केपी शर्मा ओली र प्रचण्डलाई पार्टीको नाम फेर्न सुझाव दिएका छन् । आज बिहान बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा वैद्यले भने, ‘आफ्नो विचार, सिद्धान्त छोडेर सत्तास्वार्थमा अल्झिने, अन्य पार्टीका जस्तै गतिविधि गर्ने भएपछि किन नेकपा नाम राख्ने ?’ उनले नेकपाको नाम सोसियल डेमोक्रेटिक पार्टी राख्न समेत सुझाव दिए ।

नेकपा नेतृत्वको अहिलेको सरकारले कम्युनिष्ट पार्टीकै बदनाम गरेको उनको आरोप छ । ‘भाषण र शब्दजालले मात्रै समृद्धि आउँदैन, सरकारका गतिविधिले समृद्धिको लक्षण र सम्भावना देखाएन’ उनले भने । वर्तमान सरकारबाट विकास र समृद्धि सम्भव नभएको पनि वैद्यको दावी छ । क्रान्तिकारीहरुलाई दमन गर्न थालेको भन्दै वैद्यले सरकारको शैलीको पनि विरोध गरे ।

प्रधानमन्त्रीले शब्द शैयामा सुतेर समृद्धिको नारा दिएको भन्दै उनले लगानी सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाल ‘भर्जिन ल्याण्ड’ भनेर नयाँ शब्द जाल फ्याँकेको भन्दै वैद्यले टिप्पणी गरे, ‘पानीजहाज, रेलगाडी कुदाइसक्नु भो, अहिले लगानी सम्मेलनमा नयाँ शब्द ल्याउनुभाछ भर्जिन ल्याण्ड (कुमारी भूमी) मा । लगानी देशका मान्छेले गर्ने हो की विदेशीले ?’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *