ओली सरकार असफलतातर्फ उन्मुख – डा. भट्टराई

   नयाँ दैनिक comment 0

चैत ११, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ओली नेतृत्त्वको वर्तमान सरकार पूर्ण रुपमा असफलतातर्फ उन्मुख भएको बताएका छन् । काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेका डा. भट्टराईले सरकारको एकवर्षे कार्यकालको नतिजा सन्तोषजनक नरहेको बताएका हुन् ।

जनताको अपेक्षा अनुसार मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सरकारले ध्यान दिन नसकेको उनको भनाइ छ ।

राजश्वको लक्ष्य पूरा हुन नसक्नु, व्यापार घाटा बढ्नु, लगानी घट्यो भनेर सरकारले आफैँ भनिरहेको भन्दै डा. भट्टराईले यो सरकारले अन्तराष्ट्रिय सम्वन्धमा पनि सन्तुलन कायम गर्न नसकेको दावी समेत गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *