कतार विरुद्ध खेल्दै नेपाल

   नयाँ दैनिक comment 0

चैत १०, काठमाडौँ । एएफसि अण्डर २३ च्याम्पिएनसिप फुटबल अन्तरगत नेपालले आज आयोजक राष्ट्र कतारसँग समूह चरणको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दै छ ।

नेपाली समय अनुसार राती ९ बजेर ४५ मिनेटमा कतारको दोहा स्पोर्ट्स सिटीमा हुने खेलमा नेपालको तर्फबाट गोल किपरमा अर्पण कार्की रहने छन् भने रक्षापङ्तिमा सुमन अर्याल, अनन्त तामाङ्ग, दिनेश राजवंशी र कमल श्रेष्ठ रहने छन् ।

त्यसैगरि मिडफिल्डमा सुनिल बल, नितिन थापा, गौरव बुडाथोकी र तेज तामाङ्ग रहने छन् भने फर्वार्डमा बिमल घर्तिमगर र अन्जन बिष्ट हुनेछन् ।

नेपालले आज आयोजक कतारलाइ पराजित गर्नका लागि ४-४-२ को रणनीति अवलम्वन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *