कतारमा नेपालीले घन्काए ‘समृद्ध गण्डकी प्रदेश’को नारा

गण्डकी प्रदेश समन्वय परिषद्को अध्यक्षमा ढकाल
   सन्तोष क्षेत्री comment 0

माघ २६, कतार । मरुभूमिको मुलुक कतारमा पनि नेपालीले ‘समृद्ध गण्डकी प्रदेश’को नारा घन्काएका छन् । ‘हाम्रो अभिभारा : समृद्ध गण्डकी प्रदेश’ भन्ने नारासहित कतारको दोहास्थित गल्फ होराइजन होटलमा नेपालीले पहिलो साधारण सभा र अधिवेशनले गरेका छन् । सभाको उद्घाटन गर्न कतारको लागि नेपाली राजदुत प्रा.रमेश प्रसाद कोइराला पुगेका थिए ।

अधिवेशनबाट कास्कीका हंसराज ढकाल क्षत्रीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा प्रेम बहादुर विक (म्याग्दी), महासचिवमा रामजी खत्री (गोरखा), सचिबमा युवराज गुरुङ (लमजुङ) र कोषाध्यक्षमा अजय विक (पर्वत) सर्वसम्मत चयन भएका छन् ।

कार्यसमितिमा गण्डकी प्रदेश समन्वय परिषद् अन्तर्गतका जिल्ला अध्यक्ष पदेन सदस्य रहने भएका छन् । बिश्वबन्धु थापा (कास्की) अजमत अलि, (स्याङ्जा) बिष्णुलाल श्रेष्ठ (लमजुङ), सबिन्द्र श्रेष्ठ (पर्बत), सागर पौडेल (बाग्लुङ), राकेश श्रेष्ठ (गोरखा), केश गुर्छा मगर (तनहुँ), पिताम्बर चापागाईं (नवलपुर) र रमेश पौडेल (म्याग्दी) पदेन सदस्य हुन् ।

समितिमा २ उपाध्यक्ष, १ सचीव र १ सहकोषाध्यक्ष कार्यसमितिको बैठकबाट मनोनित हुनेछन् । नवनिर्वाचित कमिटिलाई निर्वाचन समितीका संयोजक गुरुनारायण रानाभाटले प्रमाणपत्र प्रदान गर्दै पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका छन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य कुमार कार्की, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सुदर्शन भट्ट, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितीका महामन्त्री अजिज अलि, नेपाली जनप्रगतिशिल मञ्च पाचौँ महाधिवेशन आयोजक समितीका संगठन बिभाग प्रमुख मोहन कार्की, तराइ मधेस लोकतान्त्रिक मञ्का अध्यक्ष हुसेन खान, कतार नेपाली एकता समाजका उपाध्यक्ष धन बहादुर विक, अन्तर्राष्ट्रिय नेपाली समाज संयोजक देव परियारले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाली महिला समाज महासचिव अम्बिका खत्री, अन्तरास्ट्रिय मुस्लिम सेवा समाजका उपाध्यक्ष उमैर आलम, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका उपाध्यक्ष पुरुषोत्तम सुनुवार, नेपाल पत्रकार महासङ्ग कतार शाखाका उपाध्यक्ष नवराज विक, प्रदेश नम्बर तीन समन्वय परिषदका अध्यक्ष समीर खत्री, प्रदेश नम्बर एक समन्वय परिषदका अध्यक्ष चुडामणी कार्की लगाएतले पनि मन्तव्य राख्दै नेपाली दाजुभाई दिदीबहिनीबीचमा एकता र सरसहयोग हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा आर्थिक संयोजक तथा लमजुङ सेवा समाजका अध्यक्ष बिष्णुलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यपत्र तयारी समितीका संयोजक सिताराम थापाबाट भावी कार्ययोजना सम्बन्धि कार्यपत्र प्रस्तुत भएको थियो । 

पर्वत समाजका अध्यक्ष सबिन्द्र श्रेष्ठले स्वागत गरे भने रामजी खत्रीले कार्यक्रमको उद्घोषण गरेका थिए । कार्यक्रम तदर्थ समितिका अध्यक्ष आश बहादुर गुरुङको अध्यक्षतामा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *