काँग्रेसलाई कसैले जित्न सक्दैनः महामन्त्री कोइराला

   नयाँ दैनिक comment 0

चैत २४, काठमाडौँ । नेपालि काँग्रेसका महामन्त्री डा.सशांक कोइरालले पार्टीलाई एकतावद्ध बनाएर लैजान सके आगामी चुनावमा काँग्रेसलाई कसैले पनि हराउन नसक्ने बताएका छन् । नेपाल महिला संघ भक्तपुर  जिल्ला कार्यसमितिले आज गरेको एक कार्यक्रममा कोइरालाले उक्त धारणा राखेका हुन् ।

मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा अहिलेको सरकारका प्रधानमन्त्रीले शक्ति सञ्चय गर्नु गलत भएको धारणा राखे ।

पार्टीका सभापति देउवा शेरबहादुर तथा बरिष्ठ नेता रामचन्द्र पौडेल दुवैलाई एकढिक्का बनाएर एकतावद्ध गर्न आफु लागि परेको भन्दै कोइरालाले पार्टी एकढिक्का बन्न सकेमा कसैले पनि हराउन नसक्ने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *