काँग्रेसले दुई वर्षअघिको चुनावमा अन्तरघात गर्नेलाई कारबाही गर्ने

   नयाँ दैनिक comment 0

चैत २५, काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टी अनुशासन उलङ्घन गर्ने तथा पार्टी हितविपरीत कृयापालप गर्ने सदस्यको नाम अनुशासन समितिमा बुझाउन पत्राचार गरेको छ ।

अनुशासन समितिले दुईवर्ष अघि भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय चुनावका समयमा पार्टीको नीति बिरुद्ध भाग लिएका उमेद्वार, प्रस्तावक तथा समर्थन गर्नेहरुको पनि नामावली सातदिन भित्र बुझाउन भनेको छ ।  

पार्टी केन्द्रीय कार्यसमितिको यही चैत ४ गते बसेको बैठकले केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा केन्द्रीय सदस्य  देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, धनराज गुरुङ र उमाकान्त चौधरी सदस्य रहेको अनुशासन समिति गठन गरेको थियो।

आङदम्बेको संयोजकत्वमा बसेको अनुशासन समितिको बैठकले नेपाली काँग्रेस परित्याग गरेका र अन्य दलमा गएका सदस्यहरुको नाम पनि सङ्कलन गर्न पत्राचार गरेको छ ।

नेपाली काँग्रेसको विधानले पार्टी हितविपरीत कार्य गर्ने सदस्यलाई एकदेखि पाँचबर्ष सम्म पार्टी सदस्यवाट निलम्वन  लगायतका कारबाही गर्नसक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *