कांग्रसकै नेताले भने– ‘नेविसंघको यो नेतृत्वबाट आश गर्न सकिँदैन’

   नयाँ दैनिक comment 0

पुस २७, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिएकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेविसंघको अहिलेको नेतृत्वबाट नयाँ आश गर्न नसकिने बताएका छन् । समय हुँदा काम नगर्नेहरुबाट नयाँ आश गर्न नसकिने बताउँदै उनले फेरि अहिलेको कार्यसमितिको म्याद थप्न नहुने बताए । प्रेस युनियन कैलालीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले अब स्ववियु चुनावसमेत गर्न सक्ने कमिटी बनाउनुपर्ने आफ्नो धारणा रहेको बताए ।

अर्को प्रसंगमा उनले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचारबारे संसदीय समितिमा छलफल हुन नपाउँदै छानबिन गर्न छुट्टै समिति गठन गर्नुले सरकारको नियतमा प्रश्न उठेको नेता सिंहको भनाइ छ ।  पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘सरकार कुरा सुशासनको गर्छ तर भ्रष्टाचारमा लिप्त हुन्छ । भ्रस्टाचारलाई प्रश्रय दिइरहेको छ ।’

वाइडबडी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्नेमा संसदको क्षेत्राधिकारलाई नाघेर छुट्टै उच्चस्तरीय आयोग गठन गरिएको भन्दै उनले आपत्ती जनाए । नेता सिंहले उच्चस्तरीय आयोग भ्रष्टाचारमा संलग्नलाई उन्मुक्ति दिने नियतका साथ गठन भएको हुनसक्ने आशंका गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *