कांग्रेसका शीर्ष नेताको ‘रसुवा मिशन’ असफल

   नयाँ दैनिक comment 0

फाल्गुण १३, काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरुको रसुवा मिसन असफल भएको छ । नयाँ शक्ति पार्टीका सांसदसहितका नेता नेपाली कांग्रेसमा भित्र्याउन शीर्ष नेताको लस्कार लगाएर रसुवा पुगेका थिए ।

नयाँ शक्ति पार्टीका सांसद प्रेम तामाङसहितका नेता कांग्रेसमा बिलय गराउने उनीहरुको मिसन थियो । तर नयाँ शक्तिका नेताहरू नै कार्यक्रममा नआएपछि कांग्रेस नेताहरूको मिसन असफल भएको हो । पार्टी परित्या गरेपछि सांसद पद नै गुम्ने भएपछि प्रेम तामाङ कार्यक्रममा सहभागी नभएको बताइएको छ ।

नेपाली कांग्रेसले यसअघि सांसद तामाङ र गाउँपालिका अध्यक्षसहित रसुवाको नयाँ शक्तिको सिंगो जिल्ला कमिटी विलय गराउने प्रचार गरेको थियो । सांसदनै कांग्रेसमा आउने भनेपछि शीर्ष नेताहरू लस्कर लगाएर रसुवा पुगेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता गगन थापा लगायतका नेताहरू सांसदलाई पार्टीमा स्वागत गर्न उत्साहका साथ सोमबार रसुवा पुगेका थिए ।

नयाँ शक्तिका कार्यकर्ता कांग्रेस प्रवेश गर्न तयार नभएपछि कांग्रेसले कार्यक्रमको स्वरूपनै बदलेका थिए । कांग्रेसका शीर्ष नेताले भाषण मात्रै गरेर फर्किन वाध्य भएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *