कांग्रेसको सोच नै गलत : नेपाल

नारायणकाजीले भने– ‘केसीसँगको सम्झौता अनुरुप नै विधेयक आएको हो’
   नयाँ दैनिक comment 0

माघ १२, पोखरा । सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले देश निर्माणमा जुट्नुपर्ने बेला आन्दोलन गर्ने कांग्रेसको सोच नै गलत भएको बताएका छन् । पोखरा पुगेर नेपालले कांग्रेसलाई आन्दोलनको बाटोमा नलाग्न आग्रह समेत गरे ।

पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले प्रतिपक्षलाई पन्छाउने सरकार र नेकपाको कुनै सोच नरहेको बताए । उनले भने, ‘विधी अनुसार अघि बढ्दा संसदमा अवरोध गर्न भएन, चित्त नबुझे फेरि पनि छलफल र वार्ताबाट सम्झौता गरेर अघि बढ्न सकिन्छ, हामी प्रतिपक्षलाई पन्छाउन चाहँदैनौं ।’ उनले चिकित्सा शिक्षा विधेयक परिमार्जनका लागि अनसनमा बसेका डा.गोविन्द केसीलाई विधिको पालना गर्न आग्रह गरे ।

नारायणकाजीले भने– ‘केसीसँगको सम्झौता अनुरुप नै विधेयक आएको हो’

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. केसीसँग भएको सम्झौता अनुसार नै चिकित्सा शिक्षा विधेयक आएको बताए । पार्टीको धारणा नै मेरो धारणा हो भन्दै उनले भने, ‘सम्झौताको शत प्रतिशत कुरा नआएको होला तर, मर्म र भावना सबै समेटिएको छ । शत प्रतिशत हुने नहुने कुरा त संसदको पनि आफ्नै सार्वभौम अधिकारको कुरा हो ।’

विधेयकले चिकित्सा शिक्षाको गुणात्मक सुधार ल्याउने भन्दै उनले यसका लागि डा.केसीलाई धन्यवाद दिनुपर्ने बताए । साथै राजनीतिक विषयलाई नजोड्न र विधेयक कार्यान्वयनको नेतृत्व गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *