कांग्रेसबाट निर्बाचित मेयरले भने– ‘प्रधानमन्त्रीसँग स्पष्ट भिजन रहेछ’

   नयाँ दैनिक comment 0

माघ २५, काठमाडौँ ।  बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्ट भिजन रहेको बताएका छन् । राजधानी माग गर्दै धनकुटा र इटहरीले लविङ गरिरहेकै बेला अस्थायी राजधानी बिराटनगरका मेयर पराजुलीले प्रधानमन्त्रीसँग भेटेर उनीबाट प्रभावित भएको समेत अनुभूति साटे । कांग्रेसका तर्फबाट मेयर बनेका पराजुलीले बालुवाटारबाट फर्केपछि आफू प्रधानमन्त्री ओलीसँग प्रभावित बनेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न बिराटनगरबाट एक्लै काठमाडौं पुगेका पराजुलीले करिब साढे २ घण्टा प्रदेश राजधानी र बिराटनगरको विकास निर्माणका विषयमा छलफल गरेका थिए ।

पहिलोपटक काठमाडौं बाहिर हुन लागेको महिला साफ च्याम्पियनसिप प्रतियोगिता उद्घाटनका लागि प्रधानमन्त्रीलाई निम्तो दिन बालुवाटार पुगेका मेयर पराजुलीले पहिलो पटक प्रधानमन्त्रीसँग लामो समय कुरा गर्न पाएका हुन् । बुधबार बिहानै प्रधानमन्त्रीनिवास पुगेका पराजुली अढाइ घण्टाको छलफलपछि प्रधानमन्त्रीबाट आफू प्रभावित भएको बताउँदै बिराटनगर फर्किएका छन् ।

‘प्रधानमन्त्रीज्यूको चिन्ता र विचारले म प्रभावित भएँ, पराजुलीले बालुवाटारको छलफलबारे सञ्चारकर्मीसँग अनुभव सुनाउँदै भने, ‘प्रधामन्त्रीज्यूमा काम गर्ने स्पष्ट भिजन रहेछ ।’

स्थानीय सरकार जनतासँग प्रत्यक्षरुपमा जोडिने भएकाले जनअपेक्षा अनुसार काम गर्न प्रधानमन्त्री ओलीले सुझाव दिएको पराजुलीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *