काठमाडौँका व्यस्त सडकमा नेविसंघको रमिता

कोटेश्वर सडक खण्डमा गुडेका २५ सरकारी गाडीमा ‘माफिया सरकार मुर्दावाद’ लेखियो
   नयाँ दैनिक comment 0

माघ १३, काठमाडौँ । काठमाडौँका व्यस्त सडकमै नेविसंघले रमिता देखाएको छ । प्रमुख प्रतिपक्षी दल निकट विद्यार्थी संगठन नेविसंघले कोटेश्वर सडकखण्डमा गुडिरहेका सरकारी गाडी रोक्दै सरकार विरुद्धको नारा लेख्दै रमिता देखाएको हो । आज दिउँसोसम्म २५ भन्दा बढी सरकारी गाडी रोकेर ‘माफिया सरकार मुर्दावाद’ लेखेको स्रोतले बताएको छ । सरकारी गाडी रोकिएपछि सडकमा जाम बढेको छ ।

नेविसंघले आजै बिहान पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको थियो । सरकार विरुद्ध आक्रामक देखिएको नेविसंघले हिजो पनि स्वीजरल्याण्डबाट फर्किएका ओलीलाई कालो झण्डा देखाएका थिए । नेपाली कांग्रेसले पनि देशैभर सडक संघर्ष गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *