काठमाडौँ महानगरको ‘सवारी तथा यातायात व्यवस्थापन विधेयक २०७५’ पारित

गाडीमा नक्कली परिचयपत्र देखाउनेलाई तथा फोहर गर्नेलाई पनि जरिवाना
   नयाँ दैनिक comment 0

चैत २५, काठमाडौँ । काठमाडौँको सार्वजनिक यातयातलाई व्यवस्थित बनाउनका लागि काठमाडौँ महानगर पालिकाको नगर सभाले विधेयक बनाएको छ । नगरसभाले पारित गरेको बिधेयको नाम  ‘सवारी तथा यातायात व्यवस्थापन विधेयक २०७५’ रहेको छ भने यस बिधेयकले सार्वजनिक सवारीसाधन चलाउने कम्पनी, चालक, सहचालक र यात्रुहरुको कर्तव्य तथा दायित्व तोकिदिएको छ ।

जसमा काठमाडौँ उपत्यका भित्र चल्ने सवारी साधनमा यात्रा गर्दा स्कुल, कलेजका बिद्यार्थी तथा जेष्ठ नागरिक तथा अशक्तलाई परिचयपत्रका आधारमा छुट दिइने र ती परिचयपत्र म्याद सकिएको वा नक्कली फेला परेमा कारबाही हुने छ ।

उक्त विधेयकमा यात्रुले बिनाटिकट यात्रा गरेमा पनि सजाँयको भागिदार बन्नु पर्ने भएको छ । साथै महिला, अशक्त, जेष्ठनागरिकका लागि आरक्षित सिटमा बसेमा पनि जरिवाना तिर्नुपर्ने बिधेयकमा उल्लेख छ । यसप्रकारका गलत कार्य वा कसुर गर्नेका बिरुद्ध पहिलो पटकको लागि एकसय र दस्रो पटकदेखि पाँचसय सम्म जरिवाना गरिने बिधेयकमा उल्लेख छ ।

साथै विधेयकमा सवारीसाधन भित्र वा बाहिर फोहोर गरेमा पनि कारबाही हुने छ । धुम्रपान, मध्यपान गरेमा वा सवारीसाधनको भौतिक क्षति पुर्‍याएमा पनि पहिलो पटक गरेमा पाँचसय र दोस्रो पटक गरेमा हजार रुपैयाँ सम्म जरिवाना लाग्ने छ ।

यस्तै डर-धाक धम्की देखाउने, गाडीमै झगडा गर्ने, यातायातका साधनमा आगो लगाउने, सिसा फुटाउने, यौनजन्य दुर्व्यवहार गर्ने, लागु औषध प्रयोग गर्ने, पकेटमार गर्ने वा कानूनले निषेध गरेका कार्य गर्नेहरु पनि अब उम्किन पाउने छैनन् । यस्ता गतिबिधिमा संलग्ने हुनेलाई तत्काल सवारीसाधनबाट बाहिर निकालेर आवश्यक कारवाहीका लागि ट्राफिक प्रहरी, नगर प्रहरीको जिम्मा लगाउनुपर्ने व्यवस्था विधेयकमा छ ।

महानगरको नगरसभाबाट आइतबार पारित भएको यो विधेयक १५ दिनभित्र प्रमाणीकरण भएर लागु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *