काठमाडौँमा पुस्तक मेला सुरु

   नयाँ दैनिक comment 0

चैत ८, काठमाडौँ। आजदेखि भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा पुस्तक मेला सुरु भएको छ । पठन संस्कृति विकास समाजको आयोजनामा भएको उक्त पुस्तक मेलाको उद्घाटन प्रमुख अतिथि संस्कृतिविद सत्यमोहन जोशीले गरेका थिए ।

उद्घटन समारोहमा बोल्दै जोशीले पुराना साँस्कृतिक महत्त्वका पुस्तकहरु नयाँ पुस्ताका लागी प्रेरक हुने र यस्ता प्रकारका पुस्तक मेलाबाट धैरैले लाभ लिन सक्ने बताए ।

कुमुद अधिकारीको अध्यक्षतमा भएको उक्त उद्घाटन समारोहमा आयोजकको तर्फबाट कृष्ण अविरलले स्वागत मन्तव्य राखेका थिए भने गीतकार रमण घिमिरे तथा हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागे र नेपाल पुस्तक व्यवसायी महासंघका अध्यक्ष नवनिधि पन्तले पुस्तक मेलाको चर्चा गरेका थिए ।

‘जो पढ्छ उही अघि बढ्छ’ भन्ने मुल नाराका साथ सुरु भएको पुस्तक मेला १० दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *