कार्यालयमै बस्दैनन् जनप्रतिनिधि

   नयाँ दैनिक comment 0

माघ २०, दमौली । सरकारी कर्मचारी कार्यालयमा बस्दैनन् भनेर आलोलना भइरहन्छ । काममा ढुलासुस्ति हुँदा जनताले सास्ती खेप्नु परिरहेको छ ।

सरकारी काम छिटो र सहज बनाउन सरकारले विभिन्न कदम पनि चालिरहेकै छ । तर कर्मचारी मात्रै होइन, जनप्रतिनिधि पनि कार्यालयमा नबसेको गुनासो आउन थालेको छ । जनताले ‘गाउँगाउँमा सिंहदरबार’ मात्रै होइन, ‘राजा पनि पुगे’ भन्दै आलोचना गर्न थालेका छन् ।

तनहुँ जिल्लाको भानु नगरपालिकाका मेयर/उपमेयर कार्यालयमा नबसेको भन्दै एक उपभोक्ताले सामाजिक सञ्जालमै गुनासो गरेका छन् । देवेन्द्र थापाले १२ बज्न लाग्दा पनि मेयर/उपमेयर कार्यालयमा नआएको गुनासो फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । मेयर र उपमेयर मेघा बैंकको कार्यक्रममा गएको र कर्मचारी आफ्नै तालमा रहेको जानकारी समेत उनले दिएका छन् ।

फेसबुकमा थापाले लेखेका छन्, ‘यस्तो छ भानु नगरपालिकामा ११.५५ बजे पुग्दा यी कुसीमा कोहि छैनन् । जनताले अब भन्नुहोस् कस्तो सेवा पाउलान् नगरपालिकाबाट ? मेयर र उपमेयर मेघा बैंकको कार्यक्रममा । अरु कर्मचारी आफ्नै तालमा ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *