‘उत्कृष्ट अनुसन्धानकर्ता’ कृष्ण पगेनी पुरस्कृत

   नयाँ दैनिक comment 1

माघ २९, काठमाडौँ । नेपाल प्रहरीका डिएसपी कृष्ण पगेनी उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रही इमान्दारीता, लगनशीलता एवं दक्षतापूर्वक आयोगको अनुसन्धान कार्यमा पुर्याएको योगदानको कदर गर्दै पगेनीलाई आयोगले पुरस्कृत गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसको सन्दर्भमा राष्ट्रपति भण्डारीबाट पगेनीले नगद रु.२५ हजार र ताम्रापत्र सहित ‘उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ प्राप्त गरेका छन् । भ्रष्ट र अपराधीको जरैसम्म पत्ता लगाउन सक्ने विशिष्ट क्षमताका पगेनीलाई गृहमन्त्रालयले गत शनिबार एसपीमा सिफारिस समेत गरेको छ ।

रुपा गाउँपालिका–५ देउराली, कास्कीका पगेनी २०५५ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । उनले जिल्ला प्रहरी कार्यालय कास्की, धुनषा र महनगरीय प्रहरी परिसर हनुमानढोका काठमाडौँमा अनुसन्धान अधिकृतका रुपमा काम गरेर नेपाल प्रहरीभित्र छुट्टै छवि बनाएका छन् । डेढ वर्षयता उनले अख्तियार अनुसन्धान आयोगको कार्यालय, टंगालमा रही डिएसपीका रुपमा अनुसन्धान गरिरहेका छन् ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार संस्थागत हुन थालेको सुनिएको भन्दै चिन्ता व्यक्त गरिन् । ‘विषबृक्ष जस्तै भ्रष्टाचार सबैका लागि पीडादायी हुनुका साथै जति यो बढ्दै जान्छ उति नै नियन्त्रण कठिन हुँदै जान्छ र समाजका हरेक क्षेत्रलाई क्षतविक्षत् र तहसनहस बनाउँदै जान्छ’ भण्डारीले भनिन् ।

भ्रष्टाचारले सम्बन्धित व्यक्तिलाई मात्रै नभइ उसको परिवारलाई समेत नकरात्मक असर पार्ने भण्डारीको भनाइ छ । देशको भविष्यलाई समेत ध्यान दिदै भ्रष्टाचारलाई छिटोभन्दा छिटो निर्मुल पार्नुपर्नेमा उनको जोड थियो ।

One thought on “‘उत्कृष्ट अनुसन्धानकर्ता’ कृष्ण पगेनी पुरस्कृत”

  1. Prastuti Shrestha says:

    Till the politics needs currency to feed their cadres, the bureaucracy is obliged to play with dark governance, the corruption looks impossible to be uprooted because, river carries what it receives from the source. CIAA is full fledged with investigation facilities, so the result should be accordingly.

Leave a Reply

Your email address will not be published. Required fields are marked *