कोपा अमेरिका उपाधिका लागि पेरु र ब्राजिल भिड्ने

   नयाँ दैनिक comment 0

असार १९ , काठमाडौँ। कोपा अमेरिका फूटबल प्रतियोगिता यतिबेला ब्राजिलमा भैरहेको छ। आज विहान भएकोअन्तिम सेमिफाइनल खेलमा साविक बिजेता चिलीलाई हराउंदै पेरु फाइनलमा प्रवेश गरेको हो। उक्त खेलमा पेरुले चिलीलाइ ३-० गोलले पाखा लागेको थियो। विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधिका लागि पेरुले आयोजक राष्ट्र ब्राजिलसँग जुलाई ७ मा खेल्नेछ। यो प्रतियोगीतामा पेरु ४४ वर्ष तथा ब्राजिल १२ वर्षपछि फाइनलमा पुगेका हुन्।हिजो विहान भएको पहिलो सेमिफाइनल खेलमा ब्राजिलले अर्जेन्टिनालाई २-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *