चैत ७, काठमाण्डौँ । रोजगार अनुमति प्रणाली (इपीएस) भाषा परीक्षाको आवेदन भोली शुक्रबारदेखि खुल्ले भएको छ । रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत आगामी चैत १७ गतेसम्म फारम खुल्ला रहने छ ।
इपीएसको परीक्षा साखाले आइएमइ-पे तथा ई-सेवाबाट पनि २४ डलर बराबरको शुल्क भुक्तानी गर्न सकिने जनाएको छ । जसका लागी बैंकमा गएर लाइन बस्न पर्ने छैन ।
यो वर्षको परीक्षा २०७६ साल जेठ २५ र २६ गते हुने छ । आगामी वर्षका लागी कोरियाले नेपालबाट १० हजार ५० कोटा छुट्याएको छ । उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र बाँकि ३ हजार नेपालीले कृषी क्षेत्रमा जान पाउने छन् ।
फारम भर्नका लागी eoers.epsnepal.gov.np गई अनलाईन मार्फत पनि फारम भर्न सकिने र फारम भरिसकेपछि परिक्षार्थीको ईमेलमा प्रवेशपत्र आउने छ । परीक्षा दिन जाँदा प्रवेशपत्रका साथमा मेसिन रिडेवल पासपोर्ट (एमआरपि) पनि लैजान पर्ने छ ।