क्रिकेटको राष्ट्रिय टिमलाई प्रचण्डले भेटेरै दिए बधाई !

   नयाँ दैनिक comment 0

माघ २२, काठमाडौँ । क्रिकेटको राष्ट्रिय टोलीलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले विश्वमै नेपालको इज्जत बढाएको भन्दै प्रशंसा सहित बधाई दिएका छन् । ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई खुमलटारस्थित निवासमा बोलाएर प्रचण्डले बधाई तथा शुभकामना दिएका हुन् । आफ्नो तर्फबाट खेलको विकास र खेलाडीको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत प्रचण्डले व्यक्त गरे ।

देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको प्रचण्डले बताए ।
राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा थप योगदान पुग्ने विश्वास अध्यक्ष प्रचण्डको विश्वास छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *